बालेन शाहको भावुक सन्देशः हर्कले गाली गरे पनि म माया गर्न छोड्दिन

User Image Prime TV News १० महिना अगाडि
Image of बालेन शाहको भावुक सन्देशः हर्कले गाली गरे पनि म माया गर्न छोड्दिन

काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति भावुक प्रतिक्रिया दिएका छन्।

हालै सामाजिक सञ्जालमार्फत हर्क साम्पाङले बालेनप्रति आक्रोश पोख्दै कडा आलोचना गरेपछि बालेनले फेसबुकमार्फत फकाउने शैलीमा जवाफ दिएका हुन्। बालेनले फेसबुकमा लेखेका छन्, “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो।”

यसअघि मेयर हर्क साम्पाङले जेनजी आन्दोलनमा बालेन शाहले अग्रसरता नदेखाएको भन्दै सार्वजनिक रुपमा आलोचना गरेका थिए। उनले लेखेका थिए, “लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन!”

हर्क साम्पाङले आफूलाई प्रधानमन्त्रीको दाबेदारको रूपमा प्रस्तुत गर्दै काठमाडौँसम्म आएका थिए। जंगी अड्डासम्म समर्थकसहित पुगेका उनले सामाजिक सञ्जालमै लेख्दै, “प्रधानमन्त्री नपाए पनि खानेपानी र श्रम तथा रोजगार मन्त्रालय दिने भनिएको थियो, तर मैले लिएको छैन,” भन्दै असन्तुष्टि पोखेका थिए।