लागु औषधसहित अमेरिका आइरहेको भेनेजुएलाको डुंगा ध्वस्त पारेको अमेरिकाको दाबी

User Image Prime TV News १० महिना अगाडि
Image of लागु औषधसहित अमेरिका आइरहेको भेनेजुएलाको डुंगा ध्वस्त पारेको अमेरिकाको दाबी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले भेनेजुएलाको अर्को डुङ्गामाथि आक्रमण गरेको दाबी गरेका छन्।

ट्रम्पले ‘ट्रुथ सोसल’मा भिडियोसहित पोस्ट गर्दै उक्त आक्रमणमा “भेनेजुएलाका पुष्टि भएका अवैध लागूपदार्थ” लक्षित भएको बताए। उनका अनुसार उक्त डुङ्गा अन्तर्राष्ट्रिय जलमार्ग हुँदै अमेरिकातर्फ लागिरहेको थियो।

ट्रम्पले आक्रमणमा तीन जना पुरुष मारिएको र अमेरिकी पक्षमा कुनै क्षति नभएको स्पष्ट पारेका छन् । यसअघि झन्डै दुई साताअघि दक्षिण क्यारिबियन क्षेत्रमा अमेरिकी सेनाले अर्को डुङ्गा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको थियो। सो घटनापछि ट्रम्पले भेनेजुएलालाई अझ कडा कदम चाल्ने चेतावनी दिएका थिए।