इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिने समय आएको कतारी प्रधानमन्त्रीको भनाइ

User Image Prime TV News १० महिना अगाडि
Image of इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिने समय आएको कतारी प्रधानमन्त्रीको भनाइ

काठमाडौ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले  अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्न’ र इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन आग्रह गरेका छन् ।

दोहामा इजरायलले हमासका नेताहरूमाथि हवाई आक्रमण गरेपछि कतारले आयोजना गरेको अरब र इस्लामिक नेताहरूको आपत्कालीन शिखर सम्मेलनको पूर्वसन्ध्यामा उनले यस्तो बताएका हुन्।  उनले इजरायलले गरेका सबै अपराधहरूको लागि सजाय दिने समय आएको पनि उल्लेख गरेकाछन् । 

इजरायलले विनाशको भुमरीमा परेका कतारको छिमेकी प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट निष्कासन गर्ने चाहना पूरा गर्न नसक्ने पनि उनले स्पष्ट पारेकाछन । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले अरब र इस्लामिक नेताहरुको बैठकमा ‘कतारमाथि इजरायली आक्रमणको मस्यौदा प्रस्ताव’ तयार गर्ने विषयमा छलफल हुने बताएका छन् ।

सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियन र इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानी पनि सहभागी हुनेछन् । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास शिखर सम्मेलनको पूर्वसन्ध्यामा दोहा पुगेका छन् ।