इङ्लीस प्रिमियर लिगमा म्यानचेष्टर सीटीद्वारा म्यानचेष्टर युनाइटेड ३–० गोलअन्तरले पराजित

User Image Prime TV News १० महिना अगाडि
Image of इङ्लीस प्रिमियर लिगमा म्यानचेष्टर सीटीद्वारा म्यानचेष्टर युनाइटेड ३–० गोलअन्तरले पराजित

काठमाडौ । इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बीमा भएको खेलमा सिटीले युनाइटेडलाई ३–० गोलले पराजित गरेको छ। सिटीका लागि अर्लिङ हालान्डले ५३ र ६८ मिनेटमा दुई गोल गर्दा फिल फोडेनले १८औं मिनेटमा गोल गरेका थिए।

पहिलो हाफमा फोडेनबाट उत्हासित बनेको सिटीले दोस्रो हाफमा हाल्यान्डको दुई गोलको मद्दतमा प्रतिद्वन्द्वीलाई सजिलै पराजित ग¥यो। खेलमा विङ्गर जेरेमी डोकुले पहिलो दुई गोलमा महत्वपूर्ण भूमिका खेले।

युनाइटेडले राम्रो गर्न नसक्दा यो सिजनमा एक मात्र जितसँगै १४औं स्थानमा झरेको छ।  सिटी जितसँगै आठौं स्थानमा उक्लियो।  हालान्डले सिजनमा चार लिग खेलमा पाँच गोल गरिसकेका छन्। उनले  १०१ प्रिमियर लिग खेलमा ९० गोल पु¥याएका छन्।

गएराति नै शीर्ष स्थानको लिभरपुलले वर्नलीमाथि १–० गोलको जित निकाल्यो।  लगातार चार खेलमा जित निकालेको लिभरपुलको जितमा मोहमद सलाहले पेनाल्टीबाट गोल गरेका थिए। यस्तै चेल्सी बेन्फोर्डसँग २–२ गोलको बराबरीमा रोकियो।