बेलायतमा आप्रवासी विरोधी अभियान तीव्र, झण्डै एकलाख ५० हजार प्रदर्शनकारी सडकमा

User Image Prime TV News १० महिना अगाडि
Image of बेलायतमा आप्रवासी विरोधी अभियान तीव्र, झण्डै एकलाख ५० हजार प्रदर्शनकारी सडकमा

काठमाडौ । बेलायतमा झण्डै एकलाख ५० हजार प्रदर्शनकारीले राष्ट्रिय झण्डा बोकेर प्रदर्शनका उत्रिएकाछन । आधुनिक समयमा बेलायतमा भएको दक्षिणपन्थी प्रदर्शनहरूमध्ये यो सबैभन्दा ठूलो थियो ।

प्रदर्शनकारीहरूले बेलायतको युनियन झण्डा र इङ्गल्याण्डको रातो र सेतो सेन्ट जर्ज क्रस बोकेका थिए । आप्रवासी विरोधी कार्यकर्ता टमी रोबिन्सनद्वारा आयोजित ‘युनाइट द किंगडम’ रयालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भयो ।

लन्डन महानगरीय प्रहरीले उक्त आप्रवासी विरोधी प्रदर्शनमा २६ प्रहरी घाइते भएका र २५ प्रदर्शनकारीलाई गिरफ्तार गरिएको जनाएको छ । हालैका महिनामा जनमत सर्वेक्षणहरुमा शीर्ष स्थानमा रहेको बेलायतको सबैभन्दा ठूलो आप्रवासी विरोधी राजनीतिक दल रिफर्म यूके भने रोबिन्सनबाट टाढा छ ।

किनकि उनीमाथि धेरै आपराधिक अभियोगहरू छन् र उनले कम्तिमा पाँच पटक जेल सजाय भोगिसकेका छन् । लन्डन उपनगरमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार  गरेको आरोपमा एक इथियोपियाली पुरुष दोषी ठहरिएपछि यस समरमा शरणार्थीहरू बस्ने होटल बाहिर धेरै विरोध प्रदर्शन भएका थिए ।

रबिन्सनको पछिल्लो ‘युनाइट द किंगडम’ र्याली त्यसैबाट विजारोपण भएको ठानिन्छ । उनले मार्चलाई अभिव्यक्ति स्वतन्त्रता, ब्रिटिश सम्पदा र संस्कृतिको प्रदर्शनको रूपमा चित्रित गरे । उनले यो राष्ट्र निर्माण गर्ने बेलायती भन्दा आप्रवासीहरूको अदालतमा बढी अधिकार छ भन्ने दाबी गर्दै भीडलाई उत्तेजित पारेका थिए ।