सुन र चाँदीको मूल्यमा वृद्धि

User Image Prime TV News १० महिना अगाडि
Image of सुन र चाँदीको मूल्यमा वृद्धि

काठमाडौं  ।  स्थानीय बजारमा सुनको मूल्य मंगलबार एक हजार पाँच सय रूपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार सात सय रूपैयाँमा कारोबार भएको छ । जुन सोमबारको १ लाख ९७ हजार २ सय रुपैयाँको तुलनामा बढेको हो।

महासंघका अनुसार चाँदीको मूल्य पनि वृद्धि भएको छ। आइतबार प्रतितोला २३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य मंगलबार २३ सय ६० रुपैयाँ तोकिएको छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि उच्च रहेको छ। हाल सुन प्रतिऔंस ३३ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

विशेषज्ञहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि र स्थानीय मागका कारण सुन र चाँदीको मूल्यमा यस प्रकारको वृद्धि भएको हो।