छ महिनाभन्दा बढी पदमा बस्दिनः प्रधानमन्त्री कार्की

User Image Prime TV News १० महिना अगाडि
Image of छ महिनाभन्दा बढी पदमा बस्दिनः प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आफू प्रधानमन्त्री पदमा रहरले नभई जनभावनाअनुसार नियुक्त भएको बताएकी छन्।

सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले भनिन्, "म जुन परिस्थितिमा आएँ, त्यो रहरले होइन। सडकबाटै मलाई जिम्मेवारी लिन आग्रह भएपछि म यो पदमा आएको हुँ। म सत्ताको रसस्वादन गर्न आएको होइन, सेवा गर्न आएको हुँ। उमेर पनि मेरो त्यो कुरा गर्न उपयुक्त छैन।"

प्रधानमन्त्री कार्कीले आफू छ महिनाभन्दा बढी पदमा नबस्ने बताउँदै नयाँ संसद् र मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिने अठोट गरिन्। उनले सबैलाई साथ दिन आग्रह गर्दै नयाँ नेतृत्वले साथ दिनु भन्दै  सबैको सहयोग नहुँदा यो सङ्कटबाट पार पाउन सम्भव नरहेको बताइन् ।