नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी छन्। केही समयअघि सिंहदरबारमा पुगेर उनले औपचारिक रूपमा पदभार सम्हालिन्। पदभार ग्रहण गर्नु अघि, कार्कीले लौनचौरस्थित सहिदको प्रतिमामा माल्यार्पण गर्दै राष्ट्रप्रति आफ्नो सम्मान र प्रतिबद्धता जनाइन्।
सञ्चालनमा रहेका विभिन्न आन्दोलनहरूको प्रभावमा, विशेषगरी जेनजी आन्दोलनको बलमा, कार्कीले शुक्रबार साँझ प्रधानमन्त्रीको शपथ ग्रहण गरिन्। कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी पनि गरेको बताईएको छ ।
उनले आफ्नो कार्यकालको शुरुवातमा नै राष्ट्र निर्माण र विकासका लागि द्रुत र सकारात्मक कदम चाल्ने अपेक्षासमेत लिइएको छ ।







