ट्रम्पद्वारा भारतमाथि घोषणा गरिएको अतिरिक्त भन्सार शुल्क भोलिदेखि कार्यान्वयनमा
Prime TV News २ महिना अगाडि 
काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भारतबाट आयातित वस्तुमा अतिरिक्त २५ प्रतिशत ट्यारिफ ९भन्सार शुल्क० लगाउने विषयमा आधिकारिक ‘नोटिस’ जारी गरेको छ । रुसी तेल खरिदका कारण जरिवानाका रूपमा यो ट्यारिफ लगाइएको हो । अगस्ट २७ देखि यो लागु हुनेछ ।
ट्रम्पले भारतमाथि भन्सार शुल्क लगाउने निर्णय भारतको रूसी तेल खरिद र रुससँगको सैन्य सम्बन्धका कारण भएको दाबी गरेका छन्। उनले भारतले अमेरिकाको व्यापारिक चेतावनीलाई वेवास्ता गर्दै रूसबाट तेल खरिद जारी राखेकाले यो कदम चालिएको बताएका छन्।
ट्रम्पले सार्वजनिक भाषणमा भनेका छन्, भारतले रूसी तेल किनेर हाम्रो विरुद्धमा उभिएको छ। यस्तो व्यवहार स्वीकार्य छैन। हामी हाम्रो हितका लागि कडा निर्णय लिन बाध्य छौं।
नयाँ भन्सार शुल्कसँगै स्टील, लोहा, रसायन पदार्थ, औषधि सामग्री उपकरण, कपडा, गहना, र कृषि उत्पादन क्षेत्रमा प्रभाव पर्ने वताइएको छ । ट्रम्पको यो कदमले भारत - अमेरिका व्यापार सम्बन्ध चिसो बनाउने सम्भावना रहेको छ।
भारतले भनेऔपचारिक रूपमा गहिरो चिन्ता व्यक्त गर्दै द्विपक्षीय वार्ताबाट समाधान खोज्ने संकेत दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्,- यो निर्णयले दुबै देशबीचको व्यापारिक सम्बन्धमा असहजता ल्याउन सक्छ ।













