अन्तरिम सरकार गठन सम्बन्धी सहमतिप्रति एमाले नेता बाँस्कोटाको असहमती
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अन्तरिम सरकार गठन सम्बन्धी सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रपति कार्यालयमा जारी वार्तामा, जेनजीको प्रस्तावअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटाउन लागेका बेला पूर्वमन्त्री बाँस्कोटाले फरक मत राखेका हुन्।
बाँस्कोटाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “प्रयोगशालाभन्दा फरक नभएपछि पुराना, नयाँ, झन नयाँ र महानयाँ नेताहरू अन्ततः आफ्नै गालामा थप्पड हान्नेछन् र हरेक विवादको समाधान बढीमा एक दशकपछि खोजिनेछ। यहाँ सर्पको मुखमा परेको भ्यागुतोले फट्याङ्ग्राको सिकार गर्ने जस्तो स्थिति छ, जसको आन्दोलन पनि उही नेताहरूले चलाइरहेका छन्। फेरि किन उत्खननरु”
जेनजीसहितको वार्ता जारी छ। प्रधानमन्त्रीमा सुशीला कार्कीको नाममा सर्वपक्षीय समझदारी बनेको भए पनि संसद् विघटन गर्ने वा नगर्ने विषयमा अहिलेसम्म निर्णय भइसकेको छैन। वार्ता आज पनि जारी रहने जानकारी दिइएको छ।













