संविधानमा आँच पुर्याउने कुनै पनि प्रयास स्वीकार्य छैन: आदिवासी जनजाति महासंघ
Prime TV News १० महिना अगाडि 
काठमाडौँ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघले हालको राजनीतिक सङ्कट समाधानका लागि संवाद, समन्वय र सर्वदलीय सहमतिमार्फत अघि बढ्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ।
महासंघका अध्यक्ष पासाङ शेर्पाले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई नेपालको संविधानको दायराभित्र रही उचित राजनीतिक निकास खोज्न अनुरोध गरेका हुन्। विज्ञप्तिमा जेनजी पुस्ताका युवाहरूको आह्वानमा भएको आन्दोलनका क्रममा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ। महासंघले संविधानमा आँच पुर्याउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।
महासंघले वर्तमान परिस्थितिमा सबै पक्षलाई संयम अपनाई संवैधानिक मार्गमै समाधान खोज्न आग्रह गरेको छ।







