नेपाली सेनाद्वारा सूचना समन्वयका लागि आग्रह, भ्रामक समाचारप्रति सचेत रहन अनुरोध

User Image Prime TV News १० महिना अगाडि
Image of नेपाली सेनाद्वारा सूचना समन्वयका लागि आग्रह, भ्रामक समाचारप्रति सचेत रहन अनुरोध

काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिमा सेनालाई जोडेर विभिन्न टीका–टिप्पणी, धारणा र विश्लेषणहरू सार्वजनिक भइरहेकामा गम्भीर ध्यानाकर्षण गराएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेनाले आधिकारिक सूचना तथा जानकारीका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ। सेनाले आफ्ना धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ।”

सेनाले सबै गतिविधि पारदर्शी रूपमा सार्वजनिक गरिँदै आएको उल्लेख गर्दै भ्रामक तथा असत्य समाचारहरूबाट टाढा रहन सबैलाई आग्रह गरेको छ। त्यसैगरी, सेनासम्बन्धी कुनै पनि जानकारी आवश्यक परेमा जनसम्पर्क तथा सूचना निर्देशनालय वा स्थानीय तहमा रहेका पृतना मुख्यालयहरूसँग समन्वय गर्न सकिने जानकारी पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

हेर्नुहोस् विज्ञप्ती:

नेपाली सनेाको अपिल