सुनको मूल्यले नयाँ रेकर्ड कायम, चाँदीको मूल्य पनि बढ्यो

User Image Prime TV News १० महिना अगाडि
Image of सुनको मूल्यले नयाँ रेकर्ड कायम, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्य सूची अनुसार, छापावाल सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० पुगेको छ।

त्यस्तै, सोही सुनको मूल्य प्रति १० ग्राममा १ लाख ८५,हजार १५ निर्धारण गरिएको छ। यसअघिको दिन, बिहीबार छापावाल सुनको मूल्य तोलामा रु। २,१४,७०० थियो। यसअनुसार सुनको मूल्य एकै दिनमा रु। १,१०० ले वृद्धि भएको हो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २५ सय ५ रहेको चाँदीको मूल्य शुक्रबार बढेर २५ सय ६५ पुगेको छ। यसअनुसार चाँदीको मूल्यमा ६० रुपैयाले वृद्धि भएको हो ।

नेपालमा सुन–चाँदीको मूल्य प्रायः अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव, अमेरिकी डलरको विनिमय दर, माग–आपूर्ति र भन्सार शुल्क लगायतका कारणले परिवर्तन हुने गर्दछ।