देशभर मतदाता संख्यामा ठूलो वृद्धि , ८ लाख भन्दा वढी नयाँ मतदाता थपिए

User Image Prime TV News एक घण्टा अगाडि
Image of देशभर मतदाता संख्यामा ठूलो वृद्धि , ८ लाख भन्दा वढी नयाँ मतदाता थपिए

काठमाडौ । प्रतिनिधि सभा विघटनपछि घोषणा गरिएको निर्वाचनको तयारीसँगै देशभर मतदाता संख्यामा ठूलो वृद्धि भएको छ।

निर्वाचन आयोगले ९ असोजदेखि ५ मंसिरसम्म सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता दर्ता भएका छन् । 

आयोगका अनुसार नयाँ दर्ता मध्ये पुरुष ४ लाख ७३ हजार ३४५, महिला ३ लाख ६३ हजार ७७८ र अन्य ६१ जना रहेका छन् । मतदाता दर्ता दुई माध्यमबाट भएको आयोगले जनाएको छ ।

नियमित प्रक्रियाबाट ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक प्रणालीमार्फत ४ लाख ९२ हजार १८० जना सुचिकृत भएका छन् ।

१६ कात्तिकसम्म देशभर १ करोड ८१ लाख ६८ हजार २३० मतदाता थिए। नयाँ अद्यावधिकपछि आगामी निर्वाचनमा सहभागी हुने मतदाताको सङ्ख्या थप मजबुत बनेको आयोगले जनाएको छ ।