नवलपुरमा बस दुर्घटना: २० भन्दा बढी यात्रु घाइते
Prime TV News ५९ मिनेट अगाडि 
नबलपुर । नवलपुरको मध्यविन्दु–८, खजुरी खोलामा शुक्रबार बिहान यात्रीबस दुर्घटना भएको छ। नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस सडकबाट करिब १५ मिटर तल खाल्डोमा खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा बसमा सवार करिब ३५ यात्रुमध्ये २० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा मा उपचारका लागि पठाइएको छ। प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार सबै घाइते खतरामुक्त रहेको जनाइएको छ।
प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन प्रारम्भिक अनुसन्धान सुरु गरेको छ भने बस र सडक अवस्था जाँच गरी आगामी दिनमा यस्ता घटना रोक्ने प्रयास अघि बढाइने बताइएको छ।
यस्तै विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको छ । उनीहरुको अवस्था सामान्य छ ।












