बाराको घटनापछि नागरिक समूहले सबै पक्षलाई संयमित हुन आग्रह

User Image Prime TV News एक घण्टा अगाडि
Image of बाराको घटनापछि नागरिक समूहले सबै पक्षलाई  संयमित हुन आग्रह

काठमाडौ । बाराको सिमरामा भएको तनावग्रस्त घटनापछि नागरिक समूहले सरकार, राजनीतिक दलहरू र जेनजी समूहलाई शान्ति–सुव्यवस्था कायम राख्दै संयमित भूमिकामा रहन अपिल गरेको छ।

समूहका अध्यक्ष विष्णुहरि दाहालले मंगलबार विज्ञप्ति जारी गर्दै हाल देखिएका अराजनीतिक तथा उग्र गतिविधिहरूले आगामी फागुन २१ गते तय भएको निर्वाचन र समग्र लोकतान्त्रिक प्रक्रियामै विपरीत प्रभाव पार्ने चेतावनी दिएका हुन्।

विज्ञप्तिमा सिमरा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा भएको भिडन्त, कर्फ्यु जारी हुनु, सार्वजनिक संरचनामा क्षति तथा दुवै पक्षबाट देखिएका उग्र व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटतर्फ धकेल्ने संकेत देखिएको उल्लेख बताए ।

राजनीतिक स्थायित्व र चुनावी तयारीको संवेदनशील मोडमा भएका यस्ता गतिविधिले देशलाई अस्थिरतामा पुर्‍याउन सक्ने बताए । नागरिक समूहले विशेषगरी जेनजी नाम लिएर सुरु भएको गतिविधि कुनै दललाई लक्षित गर्ने तरिकामा अघि बढेको देखिएको भन्दै त्यसले लोकतान्त्रिक प्रतिस्पर्धामाथि प्रत्यक्ष प्रहार भएको टिप्पणी गरेका छन् ।

साथै, राजनीतिक दलहरूले प्रतिवाद वा प्रतिस्पर्धाको नाममा तनाव थप्ने काम गरेमा सुरक्षा अवस्था जटिल बन्नुका साथै शान्तिपूर्ण निर्वाचन हुन कठिन हुने उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “कुनै पनि समूह, दल वा आन्दोलनबाट संवैधानिक हकमा हस्तक्षेप र हिंसात्मक आचरण स्वीकार्य हुन सक्दैन। संवैधानिक प्रक्रियाअनुसार तोकिएको निर्वाचन सबै पक्षको साझा जिम्मेवारी हो।”