तपाईको आजको राशिफल

User Image Prime TV News एक घण्टा अगाडि
Image of तपाईको आजको  राशिफल

वन्दे वन्दनतुष्टमानसमतिप्रेमप्रियं प्रेमदं पूर्णं पूर्णकरं प्रपूर्णनिखिलैश्वर्यैकवासं शिवम् ।
 सत्यं सत्यमयं त्रिसत्यविभवं सत्यप्रियं सत्यदं विष्णुब्रह्मनुतं स्वकीयकृपयोपात्ताकृतिं शंकरम् ।। 

जसको मन केवल वन्दनाले मात्र प्रसन्न रहन्छ, जसलाई प्रेम अत्यन्त प्यारो छ, जो प्रेम प्रदान गर्नेवाला पूर्णानन्दमय, भक्तहरुको अभिलाषा पूर्ण गर्ने, सम्पूर्ण ऐश्वर्यको एकमात्र आवासस्थान र कल्याण स्वरुप हुनुहुन्छ, सत्य जसको श्रीविग्रह हो जो सत्यमय हो जसको ऐश्वर्य त्रिकालवादित छ जो सत्यप्रिय एवं सत्यप्रदाता हुनुहुन्छ ब्रह्मा र विष्णु जसको स्तुति गर्दछन् स्वेच्छा अनुसार शरीर धारण गर्नेवाला तिनै भगवानलाई प्रातकालमा हामी वन्दना गर्दछौ ।

आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल मार्गशीर्षशुक्लपक्ष प्रतिपदा तिथि अनुराधा नक्षत्र मंसिर महिनाको ५ गते आज शुक्रवार तदनुसार २१ नोभेम्वर २०२५ कालव करण राक्षस योग, बृश्चिक राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २६ घडि ३३ पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ३० मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ८ मिनेट साझमा रहेको छ ।

आजको राशिफल

मेषः– मनोरञ्जनमा लाग्नाले लक्ष्यमा पुग्न नसकिएला । परिस्थिति अनुकूल रहेपनि भौतिक सुविधाले खर्च बढन सक्छ तापनि प्रियजन सँगको भेटघाटले उत्साह जगाउने छ । नयाँ कार्यमा लाग्ने मौका मिल्नेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । विभिन्न भौतिक साधन जुटनाले जीवन शैलीमा परिवर्तन ल्याउन सकिने छ । व्यावसायिक यात्रा गर्ने अवसर मिल्नेछ ।

वृषः– रमाइलो परिवेश रहेपनि अप्ठयारो परिस्थितिको सामना गर्नुपर्दा मनमा खिन्न रहन सक्छ । सोचेजस्तो लाभ उठाउन नसकिएला पारिवारिक समस्या देखा पर्न सक्छ । मध्यान्ह देखि स्वास्थ्यमा अलिक कमजोरीको अनुभूति हुनेछ । सानातिना समस्यामा अल्झनु पर्ला । अप्ठयारो पर्दा साथ दिनेहरु कमै भेटिएलान अध्ययन अध्यापनमा बाधा पुग्ने छ । रोकिएका काममा पुन प्रयत्न गर्नुपर्ला ।

मिथुनः– अस्वस्थताले काममा बाधा पुग्न सक्छ । अप्ठयारा परिस्थितिको सामना गुर्नुपर्ला । मान्यजनको सहयोग तथा परिश्रमले लक्ष्य पहिल्याउन सकिने छ । सन्तान वा अनुयायीको सल्लाह र सहयोगले लाभ दिलाउनेछ । नयाँ योजना प्रारम्भ गर्न समय पर्खनुपर्ला । व्यावहारिक अलमलले अध्ययनमा बाधा पुर्याएपनि लगनशीलताले सफलता दिलाउने छ ।

कर्कटः– आज विद्यार्थी वर्गलाई अध्ययनमा प्रगति हुनेछ साथै आफ्नो लगनशीलताले लक्ष्यमा पुर्याउने छ । । रचनात्मक काममा फाइदा हुनेछ । आफूले चिताएको काम बनाउन सकिने छ । मध्यान्ह  देखि अरुका लागि श्रम खर्चनु पर्ला अरुको भरपर्दा दुःख पाइनेछ भने प्रतिस्पर्धीहरुले फाइदा उठाउनेछन् । समयको माग अनुसार चल्न नसक्दा पछि परिनेछ । आफ्ना योजनामा गोपनीयताको ध्यान पुर्याउनु होला ।

सिंहः– नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तो सफलता मिल्नेछ । आफन्तमा आत्मीयता बढने छ भने प्रेम र मित्रताको बन्धन समेत कसिलो हुनेछ । व्यापार व्यवसायमा मनग्गे धन लाभ हुनेछ । मेहनतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउने छ । प्रतिस्पर्धीले समेत सहयोग फैलाउने छन् ।

कन्याः– धैर्य एवं निरन्तरताको प्रयत्नले काम बनाउन सकिनेछ । पहिलेका सहयोगीहरु प्रतिस्पर्धामा उत्रन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार बनाएर राख्नुहोला । आफन्तहरु टाढिने डरले सताउने छ मध्यान्ह देखि काममा बाधा देखिएपनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्ने छ । थोरै लाभ भएपनि ठूलो आवश्यकता पूरा हुनेछ स्थायी योजनमा अघि बढदा विस्तारै लाभ मिल्ने छ ।

तुलाः– रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउने छ । भने सहयोगीहरु प्रशस्तै भेटिनेछन् । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार गर्दा फाइदा हुनेछ । लगनशीलताले कीर्तिमान दिलाउन सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर मिल्नेछ ।

वृश्चिकः– मेहनतको परिणामले आत्मविश्वास बढाउने छ । विशेष अवसरले प्रसन्नता दिलाउने छ भने सहयोगीहरुको उत्साहले काममा प्रसन्नता ल्याउने छ । विशिष्ट व्यक्तिहरुसँग भेटघाट हुनेछ सार्थ आकर्षक उपहार समेत प्राप्त हुनेछ । बुद्धीको उपयोगले अरुलाई आफ्नो पक्षमा लिन सकिने छ भने आवश्यक पर्दा सहयोगीको साथ पाउनुका साथै मान सम्मान प्राप्तछ हुनेछ ।

धनुः– आज आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । पहिलेका कामवाट प्रशस्त लाभ हुनेछ । आफ्नो श्रमको उचित मूल्यांकन होला । नयाँ मार्ग प्राप्त हुने योग छ । विद्यार्थीवर्गलाई अध्ययनमा राम्रो प्रगति होला । कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चलअचल सम्पत्तिको उपयोगवाट थप फाइदा उठाउन सकिनेछ । खेलाडीलाई आजको दिन राम्रो मानिएको छ ।

मकरः– तत्काल लाभ नभएपनि आजको परिश्रमले पछि सम्म फाइदा दिलाउने छ । श्रमको उचित मूल्यांकन हुनेछ भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर तत्काललाई अर्थ अभावले सताउन सक्छ । मध्यान्हदेखि फजुल खर्च बढन सक्छ आलश्यताले गर्दा काम बीचैमा रोकिन सक्नेछ । तापनि लगनशीलताले दिगो काम प्रारम्भ हुनेछ । लामो यात्राको अवसर आउन सक्छ ।

कुम्भः– आज अश्वस्थताले काममा लाग्न नसकिएपनि बाध्यात्मकम परिस्थितिवाट मुक्त भइनेछ । काममा श्रम खर्चनु परेपनि राम्रो मूल्य प्राप्त हुनेछ । तर आफ्नो कमजोरीको फाइदा अरुले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भएपनि उपलब्धीका लागि समयको प्रतिक्षा गर्नुपर्ला । सेवामूलक कामले प्रतिष्ठा दिलाउने छ । कामलाई दोहो¥याएर प्रयत्न गर्दा मिठो फल प्राप्त हुनेछ ।

मीनः– आज टाढिएका साथीभाई नजिकिनाले हर्ष बढने छ । परिश्रमले धेरैको मन जित्न सकिने छ । अरुको काममा लागे पनि फाइदा आफूलाई हुनेछ । सामाजिक हितमा राम्रै काम गर्न सकिने छ । मध्यान्हदेखि विभिन्न अवसर मिलेपनि आफूले सोचेजस्तो फाइदा नहुन सक्छ । केही काम स्थगन गर्नुपर्ने स्थिति आएपनि प्रयत्न गर्दा सफलता हात लाग्ने छ तर पारिवारिक विवाद भने बढने छ ।

–ज्यो.आचार्य घटराज निरौला