प्रधानमन्त्री सुशीला कार्की र नेकपा माओवादी शिर्ष नेताहरु बिच भेटवार्ता

User Image Prime TV News ३ घण्टा अगाडि
Image of प्रधानमन्त्री सुशीला कार्की र नेकपा माओवादी शिर्ष नेताहरु बिच भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित विप्लव समूहका शीर्ष नेताहरू प्रधानमन्त्रीसँग भेट्न बालुवाटार पुगेका हुन् । भेटमा विप्लवले हालको सरकार आन्दोलन र जनविद्रोहको दबाबले तयार भएको दाबी गर्दै आफ्नो पार्टी संवाद र सहकार्यका क्रममा रहन इच्छुक रहेको बताएका छन्।

उनले भने, “विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ।” विप्लवका अनुसार राजनीतिक अनिश्चितता हटाउन सबै पक्षबीच समझदारी विस्तार आवश्यक छ।

उनले जनजाति समुदायका तर्फबाट आन्दोलनमार्फत उठाइएका मागहरू सम्बोधन गर्न सरकारलाई आग्रह गरे। “अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझ बृहत् बनाउँदै लैजानुपर्छ। जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ,” उनले प्रधानमन्त्रीलाई अनुरोध गरे।