फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन हुने
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन हुने भएको छ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले निर्वाचनको सुरक्षा सुनिश्चित गर्न सरकारलाई सेना परिचालनको सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको यो निर्णयले निर्वाचनको प्रक्रिया सुरक्षित र व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।














