सञ्चारमन्त्री खरेलद्वारा टेलिकमको नयाँ बिलिङ प्रणालीमा हस्तक्षेप नगर्ने स्पष्टिकरण
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । सञ्चारमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको नयाँ बिलिङ प्रणालीको ठेक्का प्रक्रियामा मन्त्रालयले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्।
मन्त्री खरेलले टेलिकमको आन्तरिक स्वायत्तता सम्मान गरिने र छानबिन समितिले दिएका सुझावलाई सहज रूपमा कार्यान्वयन गरिने बताए। मन्त्रालयमा टेलिकमको बिलिङ प्रणालीसँग सम्बन्धित विवाद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चासो रहेकाले आन्तरिक अध्ययनको लागि छानबिन समिति गठन गरिएको थियो।
प्रतिवेदनको प्रति अख्तियार र प्रधानमन्त्री कार्यालयमा पठाइनेछ। छानबिन समितिको संयोजक पूर्वसचिव मणिराम गेलाल रहेका थिए । जसमा सहसचिव गौरव गिरी, आदेश खड्का, कृष्ण पन्त, दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदीप पौडेल, टेलिकम प्रबन्धक कमल लामिछाने र कानुन मन्त्रालयका उपसचिव राजेश थापा सदस्य थिए।
पूर्वसचिव गेलालले प्रतिवेदन टेलिकमको बिलिङ प्रणालीको नयाँ ठेक्का प्रक्रियामा कुनै बाधा नपर्नेगरी तयार गरिएको बताएका छन्।













