पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत हुनुपर्छः नेता निधि

User Image Prime TV News ७ घण्टा अगाडि
Image of पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत हुनुपर्छः नेता निधि

काठमाडौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताएका छन् ।

आम निर्वाचन र कांग्रेसको १५ औं महाधिवेशनका बिषयमा नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा निधिले महाधिवेशन लगाएतका गतिविधिलाई निर्वाचनपछि गर्न सकिने भन्दै अहिले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्ने बताएका हुन् ।

कुनै बेला कुन कामलाई प्राथमिकता दिने भन्ने कुरामा नेताहरु गम्भीर हुनुपर्ने उनले बताए । अहिले सम्म कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गर्न नसक्नु दुर्भाग्य र हास्यास्पद बिषय रहेको धारणा राख्दै नेता निधीले एमाले र माओवादीको तुलनामा कांग्रेसमा लोकतान्त्रीक पद्दतीबाट सहज रुपमा नेतृत्व परिवर्तन हुने भएकाले यसमा जटिलता नरहेको बताए ।

सहमहामन्त्री महेन्द्र यादवको वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव आफुहरुको समेत सहमतिमा केन्द्रीय समितिमा पेश भएको उल्लेख गरे ।