आज शेयर बजार सामान्य घटेर बन्द, नेप्से २,५६० विन्दुमा
Prime TV News ८ घण्टा अगाडि 
काठमाडौ । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ। नेप्से परिसूचक शुन्य दशमलब ९३ अंकले घटेर २,५६० विन्दुमा पुगेको छ।
आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ। दिनभरिमा ३२८ कम्पनीका १ करोड ४ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ६८ लाख रुपैयाँको कारोबार भएको छ।
आज सबैभन्दा बढी कारोबार साहस उर्जाको भएको छ । जसको ४१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको १६ करोड ९३ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुमा धौलागिरी लघुवित्त, बन्दीपुर केबलकार र झापा इनर्जी रहेका छन् । जहाँ लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्। त्यस्तै, सागर डिष्टिलरीका लगानीकर्ताले ९.९९ प्रतिशत र सिन्धु विकास बैंकका लगानीकर्ताले ९.६० प्रतिशत नाफा कमाएका छन्।
आज सबैभन्दा बढी घाटा बुङगल हाइड्रोमा भएको छ । जहाँ लगानीकर्ताले ९ प्रतिशत घाटा भोगेका छन्।













