अमेरिकाबाट ३५ नेपाली डिपोर्ट, अधिकांश अवैध मार्गबाट पुगेका
Prime TV News ९ घण्टा अगाडि 
काठमाडौ । अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, फर्किएका मध्ये अधिकांश अवैध तल्लो मार्गमार्गबाट अमेरिका पुगेका थिए।
पंगेनीले जानकारी दिए अनुसार, एक जना विद्यार्थी भिसामा अमेरिका गएर भिसा विपरित काम गरेको पाएपछि फर्काइएका छन् भने अर्का एक जना भिजिट भिसामा गएर काम गर्ने क्रममा पक्राउ परेर डिपोर्ट भएका हुन्।
बाँकी ३३ जना अवैध मार्गबाट पुगेका हुन् र यसका लागि करिब ८० लाख रुपैयाँसम्म खर्च गरिएको पाइएको छ। फर्काइएका अधिकांश नेपाली रुकुम र दाङ जिल्लाका रहेको प्रहरी विवरणमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरूप्रति कडा नीति लागू गरेका थिए।
ट्रम्पको नीतिअन्तर्गत दुई वर्षभित्र अमेरिका पुगेका अवैध आप्रवासीहरूलाई फिर्ता गर्ने अभियान सुरु भएको थियो। उनका जिम्मेवारी सम्हालेपछि २ सयभन्दा बढी नेपाली डिपोर्ट भइसकेका छन्।













