सिमरामा भएको विवादपछि मानव अधिकार आयोगद्वारा सरकारलाई निर्देशन
Prime TV News १० घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा बुधबारको घटनाप्रति नेपाल सरकारको ध्यानाकर्षण गर्दै निर्देशन दिएको छ।
आयोगले शान्ति सुरक्षाको स्थिति मजबुत बनाउने, भविष्यमा यस्ता घटना नदोहरिने, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान हुने वातावरण सिर्जना गर्ने, घटनाको छानबिन गर्ने र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार, आयोगले घटनाको अनुगमन गरिरहेको छ। आयोगले यस घटनाले संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हकमा असर पुर्याउन सक्ने र आगामी फागुन २१ गते हुने निर्वाचनको सहज वातावरणमा नकारात्मक प्रभाव पर्न सक्ने चेतावनी दिएको छ।
जेनजी र एमाले कार्यकर्ता विच उत्पन्न विवादका कारण हिजो सिमरा विमानस्थलमा झडप भएको थियो । झडपमा पाँच जना घाइते भएका छन्। घटनापछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ ।













