अन्तर्राष्ट्रिय बजार उक्लिएपछि नेपाली बजारमा सुन–चाँदी महँगियो

User Image Prime TV News १४ घण्टा अगाडि
Image of अन्तर्राष्ट्रिय बजार उक्लिएपछि नेपाली बजारमा सुन–चाँदी महँगियो

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिका कारण बिहीबार नेपाली बजारमा सुन–चाँदी दुवैको दर बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले उक्लिएर २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार १८५ रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन बुधबार चाँदी ३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा वाढ्दो अस्थिरताले आगामी दिनमा पनि मूल्यमा उतारचढाव जारी रहने अनुमान गरेको छ।