मधेस प्रदेशमा एमाले संकट गहिरिँदै, सचिव योगेश भट्टराईले भने नेतृत्वलाई कठोर समीक्षा गर्न आग्रह

User Image Prime TV News १७ घण्टा अगाडि
Image of मधेस प्रदेशमा एमाले संकट गहिरिँदै, सचिव योगेश भट्टराईले भने नेतृत्वलाई कठोर समीक्षा गर्न आग्रह

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस प्रदेशमा पार्टीले भोग्नुपरेको पछिल्लो राजनीतिक क्षति गम्भीर र चिन्ताजनक भएको टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वलाई नकारात्मक परिस्थितिको जड खोज्न र कठोर समीक्षा गर्न आग्रह गरेका छन्।भट्टराईले मधेसमा एकपछि अर्को रूपमा उत्पन्न समस्याले एमालेको सार्वजनिक छवि कमजोर बनाइरहेको उल्लेख गरे।

उनले प्रदेश प्रमुखको बर्खास्ती, सभामुख पदबाट हटाइएपछि उत्पन्न विवाद र मुख्यमन्त्रीविरुद्धको मुद्दाले पार्टीलाई राजनीतिक रूपमा एक्लिँदै लगेको बताए ।'पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ। सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन्। मधेसमा एमाले किन एक्लियो, यसको कारण के हो भन्ने विषयमा नेतृत्वले अब गम्भीरता देखाउनैपर्छ,' भट्टराईले लेखे।