एमाले सचिवालय बैठक आज बस्दै, महाधिवेशन र आन्दोलन रणनीति मुख्य एजेन्डा

User Image Prime TV News १८ घण्टा अगाडि
Image of एमाले सचिवालय बैठक आज बस्दै, महाधिवेशन र आन्दोलन रणनीति मुख्य एजेन्डा

काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी तथा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि गरिने आन्दोलनबारे छलफल सचिवालय बैठक बोलाइएको एमालेले जनाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा महाधिवेशनका राजनीतिक, संगठनात्मक तथा व्यवस्थापकीय तयारीको समीक्षा हुनेछ।

मंसिर २७, २८ र २९ गते काठमाडौँमा हुने महाधिवेशनलाई लक्षित गर्दै एमालेले मंसिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्ने योजना बनाएको छ । आज बैठकमा मंसिर ६ गते काठमाडौँमा आयोजना हुने प्रदर्शनसम्बन्धी बिषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमालेले सडक र अदालत दुवै मोर्चाबाट दबाब दिने नीति सार्वजनिक गरेको छ। त्यसअनुसार काठमाडौँको प्रदर्शनलाई पार्टीले आन्दोलनको महत्वपूर्ण चरणको रूपमा लिएको छ।

प्रतिनिधि सभा पुनर्स्थापनाका मागसहित आन्दोलनमै केन्द्रित देखिएको एमाले फागुन २१ मा तोकिएको निर्वाचनका प्रयोजनका लागि दल दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा पनि राजनीतिक वृत्तमा चासो बढेको छ।