कांग्रेसमा विशेष महाधिवेशन पक्षधर समूहले गर्यो महाधिवेशनको मिति र स्थान तोक्न माग
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले पार्टीको केन्द्रीय कार्यसमितिलाई तुरुन्तै विशेष महाधिवेशनको मिति र स्थान तोक्न आग्रह गरेको छ।
बुधबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै समूहले विधानको धारा १७(२) अनुसार महाधिवेशन अविलम्ब सुनिश्चित गर्न आग्रह गरेको हो। समूहले पार्टीमा झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर लिएर माग बुझाएको र विधानले तोकेको ५५ दिनभित्र महाधिवेशन नहुँदासम्म माग फिर्ता नहुने स्पष्ट पारेको छ।
उनीहरूले महाधिवेशन प्रतिनिधिहरूको विशेष वैधानिक अधिकार भएकाले कुनै दबाब वा बाह्य प्रभावबाट रोकिँदैन भनी बताएका छन्। पक्षधर समूहले भनेका छन् कि उनीहरूको उद्देश्य केवल महाधिवेशनको कार्यतालिका खोज्नु नभई सुनिश्चित महाधिवेशन आयोजना गर्नुभएको टिप्पणी गरेका छन् ।
साथै, हस्ताक्षर सूचीमा छुटेका प्रतिनिधिहरूलाई पनि समर्थन जनाउन अपिल गरेका छन् । उनीहरुले सबै पार्टी सदस्यलाई महाधिवेशन प्रक्रियामा हुने कुनै पनि जालझेलप्रति सचेत रहन आग्रह समेत गरे ।













