प्रधानमन्त्री कार्की र दलका प्रतिनिधिबिच आगामी निर्वाचनबारे छलफल

User Image Prime TV News एक दिन अगाडि
Image of प्रधानमन्त्री कार्की र दलका प्रतिनिधिबिच आगामी  निर्वाचनबारे छलफल

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगमा दर्ता भएका १२५ दलका प्रतिनिधिबिच आगामी प्रतिनिधिसभा निर्वाचनबारे छलफल सुरु भएको छ।

प्रधानमन्त्री कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दलका प्रतिनिधिहरूलाई बोलाएर आगामी निर्वाचन तयारी र प्रक्रियाबारे छलफल गरेकी हुन्। नेपालमा प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते आयोजना हुने तय भइसकेको छ।

जस अनुसार निर्वाचन आयोगले निर्वाचन कार्यतािलका समेत सार्वजनिक गरि सकेको छ ।