सिमरा घटनाबारे जेनजीको आरोपः ‘एमालेको सुनियोजित अवरोध, बस्नेत मुख्य योजनाकार’

User Image Prime TV News एक दिन अगाडि
Image of सिमरा घटनाबारे जेनजीको आरोपः ‘एमालेको सुनियोजित अवरोध, बस्नेत मुख्य योजनाकार’

काठमाडौ । सिमरा चोकमा जेनजीको कार्यक्रममा उत्पन्न भएको विवादबारे संगठनका मधेश प्रदेश संयोजक अशोक कुमार यादवले यसलाई एमालेद्वारा गराइएको “सुनियोजित षड्यन्त्र” को रूपमा व्याख्या गरेका छन्।

यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक प्रतिक्रिया दिँदै भनेका छन् कि परवानीपुरमा चलिरहेको एमालेको कार्यक्रममा सहभागी समूहलाई परिचालन गरेर जेनजीको पूर्वनिर्धारित कार्यक्रम आकस्मिक रूपमा भाँडिएको बताए ।

उनले जेनजीले कुनै पनि पार्टीको गतिविधिमा हस्तक्षेप नगरेको दाबी गर्दै, आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले योजनाबद्ध रूपमा घटना बनाइएको आरोप लगाए। घटनाको मुख्य योजनाकारका रूपमा एमाले नेता महेश बस्नेतलाई जिम्मेवार ठहर गर्दै यादवले उनलाई मधेश प्रवेश निषेध गर्न तथा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

मधेशमा एमालेका गतिविधिहरूले पछिल्लो समय उक्साहटपूर्ण वातावरण र तनाव सिर्जना गरिरहेको आरोप पनि लगाउदै उनले प्रदेशको शान्ति सुरक्षामा खलल पुग्ने खतरा बढेको भन्दै राज्य संयन्त्रलाई संवेदनशील भएर कठोर कदम चाल्न आग्रह गरेका छन्।