नेप्से सूचक ४.९८ अंकले घट्यो, कारोबार रकममा समेत गिरावट

User Image Prime TV News एक दिन अगाडि
Image of नेप्से सूचक ४.९८ अंकले घट्यो, कारोबार रकममा समेत गिरावट

काठमाडौ । साताको बुधबार सेयर बजारमा नेप्से परिसूचक घट्दै २,५६१ अंकमा झरेको छ। अघिल्लो दिन १५ अंकले उक्लिएको बजार आज ४.९८ अंकले तल झरेपछि कारोबार वातावरण पुनः कमजोर बनेको छ।

कारोबार रकम पनि उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो दिन ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित रह्यो। आज ७७ कम्पनीको मूल्य बढ्दा १७० कम्पनीको घट्यो र ९ कम्पनी स्थिर रहे।

क्षेत्रगत सूचकहरू हेर्दा होटल तथा पर्यटन समूह सबैभन्दा बढी १.१६ प्रतिशतले बढ्यो। त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ०.४२ प्रतिशत र व्यापार समूह ०.३२ प्रतिशतले उकालो लागे। यता विकास बैंक समूह १.०९ प्रतिशत घटेर सबैभन्दा कमजोर देखियो, भने बैंकिङ, फाइनान्स, हाइड्रोपावर, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूह पनि क्रमशः ओरालो लागे।

समग्र बजार घटेपनि नयाँ सूचीकृत कम्पनीहरूमा भने तीव्र उछाल देखियो। आठ कम्पनी माबिलुङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केबुलकार र झापा इनर्जी को मूल्य १० प्रतिशतको सर्किट लेवलसम्म बढ्यो। आईपीओ सूचीकृत भएलगत्तै केही दिन यस्ता कम्पनीको मूल्य बढ्ने प्रवृत्ति आज पनि दोहोरिएको देखियो।