राष्ट्रियसभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता

User Image Prime TV News एक दिन अगाडि
Image of राष्ट्रियसभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता

काठमाडौ । नेकपा एमालेले आगामी राष्ट्रियसभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएको छ।

बुधबार आयोगको केन्द्रीय कार्यालय पुगेका एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताको औपचारिक निवेदन बुझाएका हुन्। पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि भने दल दर्ताको प्रक्रिया अघि बढाएको छैन।

एमालेले यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आएको छ। यध्येपी एमाले नेताहरुले निर्वाचनबाट नभाग्ने अभिब्यक्ती दिदै आएका छन् ।