सरकार शीतलहर र हिमपातबाट नागरिकको जीवन जोगाउन सचेत छः गृहमन्त्री अर्याल
Prime TV News एक दिन अगाडि 
काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनै पनि नागरिकको जीवन जोखिममा नपरोस् भन्ने सुनिश्चित गर्न सरकार सचेत रहेको बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संघ, प्रदेश, स्थानीय सरकार र अन्य सम्बद्ध निकायको सहकार्य र प्रतिबद्धतालाई आवश्यक भएको उल्लेख गर्दै संकटको पूर्वतयारी र प्रतिकार्यमा सबैको सक्रिय भूमिका माग गरे।
अर्यालले भने, “संकटमा रहेका वर्ग, क्षेत्र र समुदायको केन्द्रित पूर्वतयारी तथा प्रतिकार्यका लागि जिम्मेवार सबै निकायलाई निर्देश गर्दछु। शीतलहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस् र देशको विकास प्रक्रिया अवरुद्ध नहोस्।”
उनले सुरक्षा निकाय, दातृ संस्था र नागरिक समाजसँग सहकार्य गर्न र संकट न्यूनीकरणका लागि समर्पित भएर काम गर्न सबैसँग अपेक्षा राखेको पनि जनाए।













