सिमरा विमानस्थलमा जहाजको अवतरण र उडान अवरूद्ध
Prime TV News एक दिन अगाडि 
काठमाडौ । बाराको सिमरा विमानस्थल क्षेत्रमा आज बिहान जेनजी पुस्ता र एमाले समर्थित युवाहरूबीच झडप भएको छ।
झडपका क्रममा विमानस्थल गेटलगायत क्षेत्रमा तोड़फोड भएको थियो । जसका कारण सिमरा विमानस्थलमा जहाजको अवतरण र उडान अवरूद्ध भएको छ। आज बिहान एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सिमरा अवतरण भएको थियो।
दोस्रो फ्लाइटमा एमालेका नेताहरू सिमरा जाने तयारीमा थिए। बाराको परवानीपुरमा एमाले निकट युवा संघले जागरण सभा आयोजना गरेको थियो । जहाँ महासचिव शंकर पोखरेललगायत नेताहरू उपस्थित हुने तयारीमा थिए।
तर झडपका कारण उनीहरूको जहाज उड्न सकेन। यस घटनापछि जिल्ला प्रशासन कार्यालय बाराले बेलुकी ८ बजेसम्म कर्फ्यू जारी गरेको छ।













