बारामा झडपपछि स्थानिय प्रशासनले लगायो कर्फ्यू

User Image Prime TV News एक दिन अगाडि
Image of बारामा झडपपछि स्थानिय प्रशासनले लगायो कर्फ्यू

बारा। बाराको सिमरामामा कर्फ्यू लगाइएको छ । एमाले नेता महेश बस्नेत बारा आउने भएपछि जेनजी युवाहरुले विमानस्थल घेराउ गरेका थिए । घेराउका क्रममा प्रहरी र जेनजीहरु विच झडप भएको थियो । झडप नियन्त्रण गर्न स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । 

स्थानीय सुरक्षा अधिकारीहरूले दिएको जानकारी अनुसार, सिमरा एयरपोर्टमा जेनजी युवाहरूले विरोध कार्यक्रम सञ्चालन गर्दा युवा संघका कार्यकर्तासँग भिडन्त भएको थियो। झडपमा प्रहरी पनि संलग्न भएको थियो र घटना स्थलमा स्थिति तनावग्रस्त बनेको छ।

आज युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघद्वारा मधेस प्रदेशस्तरीय कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा सम्बोधन गर्न महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत आउन लागेको बताइएको छ । प्रशासनले स्थिति नियन्त्रणमा राख्न कर्फ्यू जारी गरी सुरक्षा बल तैनाथ गरेको छ।