अन्तरिम सरकारको प्राथमिकता सुरक्षित र व्यवस्थित सत्ता हस्तान्तरणः अर्थमन्त्री खनाल
Prime TV News एक दिन अगाडि 
काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान अन्तरिम सरकारको मुख्य ध्यान सुरक्षित र व्यवस्थित रूपमा सत्ता हस्तान्तरणमा रहेको स्पष्ट पारेका छन्।
बुधवार काठमाडौँमा आयोजित ‘राजस्व प्रणालीमा सुधार सार्वजनिक निजी संवाद कार्यक्रममा मन्त्री खनालले सरकारले आगामी निर्वाचन सम्पन्न गराउने र त्यसपछि जिम्मेवारी सहज रूपमा निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेर काम गरिरहेको छ।
उनले अन्तरिम सरकारले संवेदनशील समयमा संयमता अपनाउँदै अनावश्यक विवाद वा आलोचनाबाट जोगिँदै कानूनसम्मत रूपमा काम गरि रहेको बताए ।
साथै कार्यक्रममा मन्त्री खनालले कर दरमा कुनै परिवर्तन नगर्ने निर्णयको कारणबारे भने, “यदि कर दर परिवर्तन गर्ने प्रयास भए, निजी क्षेत्रबाट विरोध आउन सक्थ्यो। पक्षपोषणको आशंका उठेमा अर्को क्षेत्रबाट आवाज आउँछ, जसले निर्वाचन र सत्ता हस्तान्तरण प्रक्रिया प्रभावित हुन सक्छ। त्यसैले कर दरमा ध्यान दिइएको छैन। यो जिम्मेवारी अब निर्वाचित सरकारले नै सम्हाल्नेछ।”













