हसिनाका छोरा सजीब वाजेदले सुपुर्दगी प्रक्रिया गैरकानुनी भएको दाबी

User Image Prime TV News एक दिन अगाडि
Image of हसिनाका छोरा सजीब वाजेदले सुपुर्दगी प्रक्रिया गैरकानुनी भएको दाबी

काठमाडौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मृत्युदण्डको सजाय सुनाएपछि बंगलादेशले भारतसँग उनको सुपुर्दगीको माग गरेको छ। यसबारे हसिनाका छोरा सजीब वाजेदले भारतसँगको सम्बन्ध र सुपुर्दगी मुद्दा बारे बताएका छन्।

सजीब वाजेदले भारतको भूमिकाको प्रशंसा गर्दै भने, “भारत सधैं असल मित्र रहँदै आएको छ। संकटको समयमा भारतले मेरी आमाको जीवन बचायो। यदि उनी बंगलादेश नछोडेको भए अतिवादीहरूले उनलाई मार्ने योजना बनाएका हुन्थे। त्यसैले, मेरी आमाको जीवन बचाएकोमा म प्रधानमन्त्री मोदीको सरकारप्रति सधैं आभारी रहनेछु।”

सुपुर्दगी प्रक्रिया बारे उनले भने, “बंगलादेशमा अहिले कुनै निर्वाचित सरकार छैन। यो असंवैधानिक र अवैध सरकार हो। मेरी आमालाई दोषी ठहर गर्न र मुद्दा अघि बढाउन कानुनहरू संशोधन गरिएको थियो, जुन गैरकानुनी थियो। मलाई आमाको बचाउको लागि वकिल राख्न अनुमति दिइएन। मुद्दा अघि बढाउन १७ न्यायाधीश बर्खास्त गरिए र नयाँ न्यायाधीश नियुक्त गरिए, जसमा केहीलाई अदालतमा अनुभव थिएन र सबै राजनीतिक रूपमा जोडिएका थिए।”

सजीब वाजेदले जोड दिए कि यस्तो परिस्थितिमा कुनै पनि देशले सुपुर्दगी नदिने र उचित न्यायिक प्रक्रिया अपनाउनु पर्ने बताए ।