पुराना पेट्रोल–डिजेल गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न अनुमति दिने तयारी भएको छः मन्त्री पुन

User Image Prime TV News एक दिन अगाडि
Image of पुराना पेट्रोल–डिजेल गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न अनुमति दिने तयारी भएको छः मन्त्री पुन

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालमा रहेका पुराना पेट्रोल र डिजेल गाडीहरूलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने तयारी भइरहेको बताएका छन्।

उनका अनुसार, नेपालमा इन्जिनियर र टेक्निसियनहरूले वर्षौंदेखि यस्तो प्रयास गर्दै आए पनि कानुनी प्रक्रियाले अनुमति नदिँदा काम अघि बढ्न सकेको थिएन। अब मन्त्रालयले यसका लागि स्पष्ट नियम बनाएर काम अघि बढाउने योजना बनाएको उनले बताए।

मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, “यसअघि लोभी–पापीहरूले अनेकौँ नियम–कानुन देखाएर अनुमति दिएका थिएनन्। अब नेपाल सरकारको यातायात मन्त्रालयले यस कार्यको लागि अनुमति दिने व्यवस्था गर्छ।” उनले यो पहलले वातावरणमैत्री यातायात प्रवर्द्धन हुने र इन्धनमा हुने खर्च घट्ने विश्वास व्यक्त गरे।