सुन–चाँदीको मूल्य फेरि बढ्यो, सुन तोलामा २८ सय रुपैयाँले वृद्धि

User Image Prime TV News एक दिन अगाडि
Image of सुन–चाँदीको मूल्य फेरि बढ्यो, सुन तोलामा २८ सय रुपैयाँले वृद्धि

काठमाडौ । हिजो तोलामा तीन हजार आठ सय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि उल्लेख्य मात्रामा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा दुई हजार आठ सय रुपैयाँले वृद्धि भएर दुई लाख ४२ हजार तीन सय रुपैयाँ पुगेको छ।

गत आइतबार सुनको मूल्य तोलामा ६ हजार नौ सय रुपैयाँ घटेको थियो भने सोमबार मात्र पाँच सय रुपैयाँले बढेको थियो। असोज ३१ गते सुनको मूल्य तोलाको दुई लाख ५८ हजार आठ सय रुपैयाँमा पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर तीन हजार एक सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।