एमाले नेता महेश बस्नेतको बारा आउने थाहा पाएपछि, जेनजी समूहले सिमरा विमानस्थल घेराउ
Prime TV News एक दिन अगाडि 
बारा । नेकपा एमालेका नेता महेश बस्नेत आज बारा जिल्लामा आयोजना हुने प्रदेशस्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आउँदैछन्।
बस्नेत बारा आउने थाहा भएपछि सिमरा विमानस्थलमा जेनजी समूहका युवाहरूले विरोध स्वरूप घेराउ गरेका छन्। विमानस्थलमा सुरक्षा कडा पारिएको छ र जनपथ तथा सशस्त्र प्रहरी बलको ठूलो टोली खटाइएको छ।
बस्नेतको विमानस्थल आगमनमा पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनाली लगायतका नेताहरू उपस्थित छन्। जेनजी समूहले बस्नेतको आगमनको सूचना पाए लगत्तै सामाजिक सञ्जालमार्फत विरोध कार्यक्रम आयोजना गरेको थियो।
विरोधका कारण आजको कार्यक्रमलाई राजनीतिक रूपमा संवेदनशील र तनावपूर्ण रूपमा हेरिएको छ।













