मधेश प्रदेशसभामा आज महाअभियोगसम्बन्धी छलफल, दिउँसो १ बजे बैठक बस्ने
Prime TV News एक दिन अगाडि 
जनकपुर । मधेश प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
उपसभामुख बबिता राउत इसरको निर्देशनमा प्रदेशसभा सचिवालयले बैठक आह्वान गरेको हो। बैठकले सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावमा प्रारम्भिक छलफल गर्नेछ।
मंगलबार एमाले बाहेक अन्य दलका ३२ जना प्रदेशसभा सदस्यले उपसभामुखसमक्ष बैठक बोलाउन माग गर्दै औपचारिक प्रस्ताव पेश गरेका थिए। प्रदेशसभा नियमावलीअनुसार कुल सदस्यको २५ प्रतिशतले माग गरेमा बैठक बोलाउनुपर्ने व्यवस्था रहेको छ।
गत कात्तिक २७ गते सात दलीय गठबन्धनका ७४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। आजको बैठकले उक्त प्रस्तावलाई प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।













