रास्वपाको केन्द्रीय समिति बैठक आज, आगामी चुनाव रणनीति र कार्यदल विस्तारमुख्य एजेन्डा
Prime TV News एक दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ।
बैठकमा आगामी राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरिएका राजनीतिक रणनीति, पार्टीभित्रका संरचनागत तयारी तथा विभिन्न कार्यदल विस्तारका विषयमा छलफल हुने भएको छ। पार्टी प्रवक्ताका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संवाद तथा सहकार्यका पहल र पार्टी सभापति रवि लामिछानेसम्बन्धी मुद्दाको कानूनी अवस्थाबारे केन्द्रीय सदस्यहरूलाई ब्रिफिङ दिइने बताइएको छ ।
यसअघिको सौराहामा सम्पन्न विस्तारित केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनबारे आज पुनः समीक्षा गरिने र आवश्यक परिमार्जनसहित पारित गर्ने तयारी रास्वपाले जनाएको छ ।
बैठकले आगामी निर्वाचन केन्द्रित वाचापत्र (घोषणापत्र) निर्माणका लागि गठन गरिएको कार्यदललाई विस्तार, संविधान परिमार्जन कार्यदलको संयोजक मनोनीत गर्ने, मिडिया अध्ययन कार्यदल, राजनीति अध्ययन कार्यदल, उम्मेदवार छनोट समितिको विस्तार लगाएतका एजेण्डामा छलफल हुने वताएको छ ।













