आगामी चुनावबारे प्रधानमन्त्री कार्कीको पहल, निर्वाचन आयोगमा दर्ता भएका दलहरु संग छलफल गर्दै
Prime TV News एक दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका सबै दलका नेताहरूसँग आज अपराह्न ४ बजे छलफल गर्ने भएकी छन् ।
फागुन २१ मा निर्धारित प्रतिनिधि सभा चुनावको तयारी चलिरहँदा दल दर्तादेखि उम्मेदवारी प्रक्रियासम्म अनेक प्रश्न उठिरहेको समयमा सरकारले एकै ठाउँमा सबैलाई बसालेर निर्वाचनबारे स्पष्ट संदेश दिन खोजेकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयले बैठकको उद्देश्य चुनावमा सबैको सहभागिता सुनिश्चित गर्न औपचारिक अपिल र आवश्यक समन्वय रहेको जनाएको छ।
यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा रहेका दलहरूसँग छुट्टै छलफल गरिसकेकी थिइन्। त्यही क्रममा उनले जेनजी पुस्ताका प्रतिनिधिसँग पनि भेटघाट गरी उनीहरूको अपेक्षा, असन्तुष्टि र सहभागिता बढाउने उपायबारे कुराकानी गरेकी थिइन्।













