अमेरिकी राष्ट्रपति ट्रम्पले स्टार फुटवल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई ह्वाइट हाउसमा स्वागत गर्ने

User Image Prime TV News एक दिन अगाडि
Image of अमेरिकी राष्ट्रपति ट्रम्पले स्टार फुटवल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई ह्वाइट हाउसमा स्वागत गर्ने

काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई ह्वाइट हाउसमा स्वागत गर्न लागेका छन्।

सन् २०१८ मा पत्रकार जमाल खसोग्गी हत्या प्रकरणपछि युवराज सलमानको यो पहिलो अमेरिकी भ्रमण हो । बीबीसीका अनुसार दुवै नेताबीच रक्षा सहयोग विस्तार, कृत्रिम बौद्धिकता (एआई) क्षेत्रको लगानी र गाजा युद्धको प्रभावबारे विस्तृत छलफल हुने बताइएको छ ।

भेटमा साउदी फुटबल क्लब अल–नासरका स्टार कप्तान क्रिस्टियानो रोनाल्डो पनि उपस्थित हुने पुष्टि अमेरिकी अधिकारीहरूले गरेका छन्।

ह्वाइट हाउसमा कुनै फुटबल खेलाडीको यस्तो सहभागिता दुर्लभ मानिन्छ।भ्रमणअघि राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले साउदी अरेबियालाई एफ–३५ लडाकु विमान उपलब्ध गराउने तयारी भएको बताएका छन्।

उनले साउदीलाई “अमेरिकाको बलियो र विश्वसनीय साझेदार” भन्दै रक्षा सहकार्य अझ विस्तार हुने संकेत दिएका छन्।अमेरिकी गुप्तचर एजेन्सीहरूले अघिल्लो वर्ष सार्वजनिक गरेका विवरणमा पत्रकार खसोग्गी हत्या प्रकरणको स्वीकृति युवराज सलमानबाटै आएको उल्लेख छ, तर उनले यो आरोप निरन्तर अस्वीकार गर्दै आएका छन्।

विवादका बिच सुरु हुन लागेको उनको यो भ्रमण कूटनीतिमा नयाँ मोड ल्याउन सक्ने अनुमान गरिन्छ।