प्रधानमन्त्री कार्कीले १२३ दर्ता भएका दललाई सामूहिक छलफलमा बोलाइन्

User Image Prime TV News २ दिन अगाडि
Image of प्रधानमन्त्री कार्कीले १२३ दर्ता भएका दललाई सामूहिक छलफलमा बोलाइन्

काठमाडौ । आगामी फागुन २१ मा निर्धारित आमनिर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ राजनीतिक दलसँग संयुक्त रूपमा छलफल गर्ने तयारी गरिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार अपराह्न ४ बजेका लागि सबै दललाई औपचारिक निमन्त्रणा पठाइएको सरकारले जनाएको छ।

हाल निर्वाचनका लागि दल दर्ता प्रक्रिया जारी रहेका बेला सरकार प्रमुखले दलहरूको सहभागिता सुनिश्चित गर्न तथा सम्भावित प्रश्न जिज्ञासामा स्पष्टता दिन सामूहिक बैठक आह्वान गरेकी हुन्।

यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग अलग अलग रूपमा परामर्श गरेकी थिइन्। उनले जेनजी समूहसँग पनि छुट्टै भेटवार्ता गरेर निर्वाचन वातावरणबारे सुझाव सङ्कलन गरेकी थिइन्।

सरकारका अनुसार सबै दललाई एउटै मञ्चमा ल्याएर छलफल गर्ने उद्देश्य निर्वाचन प्रक्रिया सहज, विश्वसनीय र सबैसमावेशी बनाउने प्रयासको निरन्तरता हो।