विराटनगर भन्सार कार्यालयले कार्तिक महिनामा करिब ५६ प्रतिशत मात्र भन्सार राजस्व संकलन

User Image Prime TV News २ दिन अगाडि
Image of विराटनगर भन्सार कार्यालयले कार्तिक महिनामा करिब ५६ प्रतिशत मात्र भन्सार राजस्व संकलन

बिराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०८२–८३ को कार्तिक महिनामा लक्ष्यको करिब ५६ प्रतिशत मात्र भन्सार राजस्व संकलन गरेको छ । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्ष ०८२–८३ को साउन महिनामा लक्ष्यको ७८ प्रतिशत, भाद्र महिनामा लक्ष्यको ८० प्रतिशत, असोज महिनामा लक्ष्यको ८२ प्रतिशत राजस्व संकलन गरेको थियो ।

कार्तिक महिनामा ३ अर्व ५६ करोड ५८ लाख रुपैया लक्ष्य तोकिएकोमा १ अर्ब ९८ करोड ४६ लाख रुपैया भन्सार राजस्व संकलन गरेको छ । जेनजी आन्दोलनको प्रभाव एवम् असोजमा आएको बाढी पहिरो र डुबानका कारण राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए । 

चाडवाडको मुखमा आन्दोलन भएको तथा बाढी पहिरो र डुबानका कारण उद्योग संचालनमा समस्या देखिदा आयात निर्यात ठप्प भएकाले लक्ष्य अनुसार राजस्व संकलन हुन कार्यालयले जनाएको छ । विराटनगर भन्सार कार्यालयले कार्तिक महिनामा भन्सार महसुल तर्फ ७४ करोड ५० लाख, मुल्य अभिवृद्धि कर तर्फ १ अर्व ७ करोड ८८ लाख र अन्तशुल्क तर्फ ७ करोड ६४ लाख रुपैया भन्सार राजस्व संकलन गरेको जनाएको छ ।

विराटनगर भन्सार कार्यालयलाई चालू आर्थिक वर्ष ०८२–८३ मा ४१ अरब ३४ करोड ८० लाख रुपैया लक्ष्य तोकिएको छ ।