विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी निर्वाचन आयोगमा दर्ता
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी निर्वाचन आयोगमा दर्ता भएको छ ।
मंगलबार निर्वाचन आयोगले विप्लवलाई नेपाल कम्युनिस्ट पार्टी माओवादी दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो । पार्टीको चुनाव चिह्न गुलाब रहेको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट राजनीतिक गतिविधि गर्दै आएको दलले अव नेपाल कम्युनिस्ट पार्टी माओवादीनामबाट पार्टीलाई अघि बढाउने नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए ।
उनले नयाँ अठोट, विश्वास र अभियानका साथ निर्वाचनमा जाने गरि नेकपा माओवादीदल दर्ता भएको बताए । दल दर्ता संगै विप्लवले अव देशव्यापी रुपमा पार्टीलाई अभियानका रुपमा लैजाने जिकिर गरे ।













