काठमाडौँ प्रहरी परिसर जलाउने धम्कीपछि पाँच समर्थक पक्राउ, सुरक्षाको कडाइ

User Image Prime TV News २ दिन अगाडि
Image of काठमाडौँ प्रहरी परिसर जलाउने धम्कीपछि पाँच समर्थक पक्राउ, सुरक्षाको कडाइ

काठमाडौ । सामाजिक सञ्जालमा जिल्ला प्रहरी परिसर काठमाडौँमा आगजनी गर्ने धम्की फैलिन थालेपछि प्रहरी प्रशासनले सतर्कता बढाउँदै पाँच जनालाई नियन्त्रणमा लिएको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि उनका समर्थकहरूले अनलाइनमा प्रहरी कार्यालय जलाउने चेतावनी दिँदै केही समूह परिसर अगाडि भेला भएपछि प्रहरीले तत्काल नियन्त्रण कदम चालेको हो।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पजन भट्टराईका अनुसार धम्कीका अभिव्यक्तिले कार्यालय र दैनिक सेवाग्राही दुवैको सुरक्षामा जोखिम बढेको देखिएपछि पहिचान तथा अनुसन्धानका लागि व्यक्तिहरूलाई पक्राउ गरिएको हो।

“अनलाइनमै कार्यालय जलाउने चेतावनी दिएको पाइयो। त्यसैले सुरक्षा दृष्टिले केहीलाई नियन्त्रणमा लिएर पहिचानको काम भइरहेको छ,” भट्टराईले जानकारी दिए। पक्राउ परेकामध्ये अधिकांश नागरिक बचाउ महाअभियानका कार्यकर्ता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले अहिले कुल पाँच जनालाई नियन्त्रणमा राखेको छ।