सरकारद्वारा ‘नेपाल विशेष सेवा ऐन २०४२’ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

User Image Prime TV News २ दिन अगाडि
Image of सरकारद्वारा ‘नेपाल विशेष सेवा ऐन २०४२’ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

काठमाडौ । सरकारले नेपाल विशेष सेवा ऐन २०४२ संशोधनका लागि तयार गरिएको अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त अध्यादेश जारी गर्न आवश्यक संवैधानिक प्रक्रिया अघि बढाउँदै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले पत्रकारहरूसँग जानकारी दिँदै भने, “नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।”

सरकारले विशेष सेवासम्बन्धी ऐनलाई समयानुकूल बनाउने उद्देश्यले संशोधन आवश्यक ठानेको बताइएको छ। अध्यादेश जारी भइसकेपछि त्यसले ऐनमा आवश्यक परिमार्जन तथा सुधारहरू लागू गर्नेछ। राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेपछि मात्रै यसले कानुनी रूपमा कार्यान्वयनको रूप लिनेछ।