प्रधानमन्त्री कार्की र कांग्रेस नेताबीच निर्वाचन तयारीको विषयमा छलफल

User Image Prime TV News २ दिन अगाडि
Image of प्रधानमन्त्री कार्की र कांग्रेस नेताबीच निर्वाचन तयारीको विषयमा छलफल

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेकी छन्। आज बिहान करिब दुई घण्टा चलेको यस छलफलमा देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाई, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौला सहभागी भएका थिए।

भेटवार्तामा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको र निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलसँग सहकार्य आवश्यक रहेको बताएकी छिन्।

कांग्रेस नेताहरूले पनि समयमै चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। नेता गुरूराज घिमिरेले बताएअनुसार, “प्रधानमन्त्रीज्यूले लोकतन्त्र, कानूनको शासन र निष्पक्ष चुनाव गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरा भन्नुभयो। हामीले पनि चुनाव समयमै हुनुपर्छ भन्ने कुरामा जोड दियौं।”

राजेन्द्र बजगाईले पनि प्रधानमन्त्रीले फागुन २१ को चुनाव गराउन प्रतिबद्ध रहेको जानकारी दिएको उल्लेख गरे। नेताहरूले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरूले सहयोग गर्नुपर्ने कुरामा सहमति जनाएका छन्।

प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न राजनीतिक दलसँग भेटवार्ता गर्दै चुनाव तयारीमा सबैको सहभागिता सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइरहेकी छिन्।